भनिन्छ हार्नु नै सफलताको जननी हो ! सागरले उपाधिको होडमा हारे पनि करोडौँको मन जितेर फर्केका छन् ! र संसारमा ठुला ठुला अवार्डहरु जितेका पनि जीवनमा असफल बनेका उदाहरण हाम्रै वरिपरि छन् ! सफलता र जित्नुमा धेरै अन्तर छ जित भन्दा सफलताको आभाषले चिहाएको छ सागरको जीवनमा !
आइडलको मंच बाट बाहिरिए पछि आफ्ना फ्यान शुभ चिन्तक र सबै नेपालिहरु लाई संबोधन गर्दै उनि यसो भन्छन:
मेरा अादरणिय गुरु, शुभचिन्तक, मलाई नेपाल अाइडलकाे उपाधी दिलाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लागि परिरहनु हुने मेरा अत्यन्त श्रद्देय श्राेता अनि दर्शक वर्गहरु, देश तथा विदेशमा रहेर पनि मलाई नेपाल अाइडलकाे यो मञ्चमा देखिरहनकाे लागि भाेट गरिदिनु हुने सबैमा नमस्कार र मेरालागि सधै लागिरहनु हुने प्यारा साथीहरु अनि मेराे घरपरिवार सबैमा शुभ प्यार । एउटा सामान्य परिवारकाे झै म पनि एक साधारण सागर थिए, यहाँहरुकै देनले अाज महासागर बनाइदियाे।
हिजाे म चितवनको नारायणी किनारमा गुनगुनाउदै हिड्ने सागर थिए, नेपाल अाइडलकाे याे मञ्चले अाज मलाई विश्व सामु चिनाइदिएकाे छ, यहाँ भन्दा खुसीकाे कुरा के हुन सक्छ र? मेराेलागि यही नै काफी छ। हिजाे म एउटा उपाधी जित्नकाे लागि लम्किरहेकाे थिए, अब अाजबाट मेराे गीत संगीतकाे संसार जित्ने यात्रा सुरु भएकाे छ। मलाई अब हजुरहरुकाे बढी भन्दा बढी साथ याे यात्रामा जरुरी हुनेछ।
एउटा उपाधीकाे नजिकै पुगेर पराजय व्यहोर्नुपर्दा अलिकति नरमाइलाे त लाग्छ नै, तर त्याे भन्दा कति धेरै यहाँहरुकाे माया पाएर खुसी भएकाे छु । प्रतिस्पर्धा त खेलकाे नियम नै हाे, हजाराैले भाग लिएपनि एउटाले हाे जित्ने त। म भन्दा गायकीमा अब्बल ठहरिएकाहरु झन पहिले नै त्याे मञ्चबाट निस्किदा मलाई पनि पीडाबाेध हुन्थ्यो ।
अाज म पनि बाहिरिए, म कति पनि दुखी छैन, अब झन म हजुरहरुकाे नजिक छु, मेरा कमी कमजाेरीहरुलाई अाैल्याइदिदै मेराे होस्टेमा हैसे गरिदिनु हुन्छ भन्ने अाशा अनि विश्वासमा छु।
म मेरा दर्शक अनि श्राेताहरुलाई कहिल्यै निराश पार्ने छैन ,, मलाई जन्म दिने मेरी अामा, कर्म दिने बाबा, मेरा हरेक यात्रामा साथ र सहयाेग गर्ने दाजुभाइ अनि मेराे सांगीतिक यात्रामा रंग भरिदिने मेरा गुरुहरु अनि मलाई नजिकैबाट चिन्नुहुने सम्पूर्ण दर्शक श्राेताहरुकाे हात सधै मेराे शीरमा छ।
मैले याे माया जुनी भरी यसै गरि पाहिराखाैं । नेपाल अाइडलकाे फाइनलमा पुग्नुहुने मेरा सबैभन्दा प्यारा साथीहरु, तिमीहरु सबैलाई मेराे शुभकामना र अन्त्यमा नेपाल अाइडलकाे यात्रा टुंगिए पनि संगीतकाे हरेक विधामा नयाँ रुप र नयाँ पन लिएर उदाउने छु। जय गीत जय संगीत।
साभार-http://www.postkathmandu.com
Post a Comment