केही गीतका कारण चर्चामा रहेकी इन्दिरालाइ धेरैले हट गायिकाको रुपमा चिन्छन् । स्टेज कार्यक्रममा दर्शकलाइ जुरुजुरु पार्न उनी सिपालु छिन् । उनै, इन्दिरा अहिले देशभरबाट आएका प्रतिभाहरुबाट उत्कृष्ट एक प्रतिभा छान्न लागिपरेकी छिन् ।
काठमाण्डौमा केही दिन अगाडि आयोजित चलचित्र ‘ए मेरो हजुर २’को प्रिमियरमा इन्दिरा हट बनेर पुगिन् । चलचित्रमा समावेश ‘उकालीमा जाँदा जाँदै’ बोलको गीतमा उनले आवाज दिएकी छिन् । इन्दिराको खुलेको पहिरनले क्यामेरामा राम्रै क्लिक पायो । मिडियाको क्यामेरामा उनी राम्रैसँग घेरिइन् । ‘नेपाल आइडल’ सकिएपछि पनि इन्दिरालाइ अहिले पाएको चर्चा जोगाउन जरुरी छ ।
साभार- http://www.nepaliaudiovideo.com
Post a Comment