Latest Updates :

भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’, सिमला तनावग्रस्त(भिडियो सहित)

SHARE THIS POST :
भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा प्रहरी हिरासतमै नेपाली युवकको मृत्यु भएपछि हिंसा भडि्कएको छ ।

प्रदर्शनका कारण शहरको सबै पसलका साथै स्कुल र कार्यालयहरु समेत बन्द गरिएको छ । यो प्रदर्शन सामूहिक बलात्कारपछि १० वर्षीया बालिकाको हत्यासँग पनि जोडिएको छ ।

झण्डै दुई महिनाअघि सिमला नजिकैको कोथ्काईमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा स्थानीय प्रहरीले गम्भीर त्रुटी गरेको देखिएपछि राज्यको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले बन्द आहृवान गरेको छ ।

बलात्कार घटनाको छानविनका क्रममा प्रहरीले दुई नेपालीसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये नेपाली नागरिक सुरज कुमारको बुधबार शंकास्पद मृत्यु भएको छ । बलात्कार घटनाका मुख्य अभियुक्त मानिएका राजेन्द्र सिंहले जेलमै सुरजको टाउको भूईमा ठोक्कएर हत्या गरेको स्थानीयको दाबी छ ।
भिडियो हेर्नुहोस्





साभार- http://www.onlinenepal.net
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger