Latest Updates :

किन बन्यो यो सामान्य तस्विर संसारभर भाइरल ? आखिर के छ यसमा..

SHARE THIS POST :
ऐजेन्सी – अहिलेको सूचना र सञ्चार तथा इन्टरनेट दुनियाँमा सामान्य मान्छे पनि एकै छिनमा स्टार बन्न सक्छ। एउटा सामान्य तस्बिर पनि छिन भरमै विश्वभर भाईरल बन्न सक्छ। अहिले एउटा सामान्य तस्बिर पछिल्लो केही दिन यता देखि इन्टरनेटमा भाइरल बनेर जताततै छाईरहेको छ ।

झट्ट हेर्दा निकै सामान्य लाग्ने यो तस्विर चर्चामा आउनका विशेष कारण रहेको छ फोटो कसले र कहाँ खिच्यो भन्ने बारे केही जानकारी नभएपनि यो फोटोमा एउटा यस्तो वास्तविकता लुकेको छ जुन निकै थोरैले मात्र थाहा पाउन सक्छन् । पहिलो पटक हेर्दा भन्दा ध्यान दिएर हेर्दा मात्र यो फोटोको वास्तविकता थाहा हुन्छ । जसका कारण यो फोटो चर्चामा आएको हो ।

सबैभन्दा पहिले यो फोटोलाई एउटा सामाजिक साइटमा अपलोड गरिएको थियो । जसमा मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया बर्साए । पहिलो नजरमा यो फोटोमा सेतो रङको पहिरन लगाएकी एक महिला बाटो काटिरहेकी छिन् जो आकर्षणको केन्द्र बनेकी छिन् । तर फोटोमा केही कुरा लुकेको छ, जसका कारण यो चर्चाको विषय बनेको हो ।

अब फोटो किन बन्यो भाइरल

आउनुस्, अब चर्चा गरौँ आखिर यो एउटा सामान्य तस्बिर किन बन्यो एकाएक भाइरल। एक पटक यो फोटोमा ध्यान दिएर हेर्नुस् त! तपाइले सहजै पत्ता लगाउन सक्नुहुन्छ कि यो फोटो किन चर्चामा आयो ।
अब यी महिलाबाट ध्यान अलिपरको गाडीमा लैजानुस् अनि उक्त गाडीको पहिलो सिटमा हेर्नुस कुकुर बाहेक अरु कोहि पनि देखिंदैन। अनि यो तस्बिर हेरेर कतिले यो गाडि नै कुकुरले चलाएको भने त कतिले भने सोतो कपडामा सजिएकी यी युवतीलाई कुकुरले मज्जाले एकोरिएर हेरेको भन्दै फोटोका नै तारिफ गरिरहेका छन् ।

साभार-http://www.osnepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger