Latest Updates :

चर्चित गायिका बिष्णु माझीको खुल्यो अर्को नयाँ रहस्य , हेर्नुहोस भिडियो

SHARE THIS POST :
कवि तथा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् । उनको फेसबुक विज्ञप्ति यस्तो छः

सार्वजनिक विज्ञप्ति लगभग तीन बर्षको अन्तरालपछि पुनस् गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका -साविक रत्नपुर – काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् ।

जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस् एक दशक अगाडी ठ्याक्कै साल भूलेँ बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन ।

लाग्छ विष्णु स्वयं अनभिज्ञ छन् विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाह होला देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन् न उनीसंग आफ्नो घर छ न एउटा मोबाइल आखिर विष्णुलाई यस्तो कस्ले बनायो रु उत्तर स् सुन्दरमणी अधिकारीले विष्णु गीत गाँउछिन् सुन्दरमणी पैसा बुझ्छन् विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ र ?

हुन त केही बर्ष अगि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो तर बिष्णुले गाएर कमाएको करोडौँ पैसासंग गरे बिष्णुसंग थाह भएन आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमानलाई हुन्छ रु विष्णु सुन्दरमणीको नजरबन्दमा छिन् ,उनको अवस्था के छ कसैलाई थाह छैन र न त उनका पिता तारा माझीलाई थाह छ न दाजु बाबुराम माझीलाई नै गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा रिमोट सुन्दरको हातमा छ अन्तमा विष्णुको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् र ? डन चरी मारिँदा सदन अवरूध्द गराउने दलहरू के गरिरहेका छन् रु यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ?

छन् भने कहाँ रत्यौली खेलेर बसिरहका छन् ? हामी सम्पूर्ण संगीतप्रेमीहरूलाई एकमुष्ट जवाफ चाहियो ? यस अघि गायीका विष्णु माझीको भूमिगत जीवन शैलीको विषयमा नेपाल साप्ताहिकमा पनि एउटा फिचर प्रकाशित भएको थियो । उक्त फिचरका लेखक पत्रकार गोकर्ण गौतमले पनि विष्णु माझीलाई उनीसँग विवाह गरेको भनिएका कलाकार सुन्दरमणि अधिकारीले सम्पूर्ण नियन्त्रणमा राखेको उल्लेख गरेका थिए ।

उनले लेखेका छन् पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी बिष्णुको जीवन गुममान छ, लगभग भूमिगत शैलीमा । एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखा परेकी छैनन् । एउटा गीत गाएको अरु कलाकारले ६ ,७ हजार रुपियाँ बुझ्ने बिष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ बर्ष बित्यो । स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ तर कतै देखिन्नन् । समकक्षी कलाकारसँग उठबस छैन् । कतिपय भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि उनले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाई छ । गाएरै सवैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन ।

जस्तो सञ्चारप्रविधिको यो युगमा उनीसँग मोवाइलसमेत छैन । उनको काठमाण्डू बसाइबारे पनि धेरै जानकार छैनन् । यति चर्चित गायिका किन गुमनाम छिन त रु किन समाजमा घुलमील भएकी छैनन रु सोसल चार्म सिर्जना गर्न चाहन्न् रु उनीवरिपरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करिव दशकदेखि अनुत्तरित छ । बिष्णुको करिअरलाई नजिकबाट नियालीरहेका र लोकसंगीतमा सक्रिय स्रष्टाहरु उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन् सुन्दरमणी अधिकारीलाई ।

बिष्णु माझी नेपाली लोक र दोहोरी क्षेत्रकी उज्वल नक्षत्र हुन् । उनका गीत सुन्नेहरुले पनि उनको ब्यक्तिगत जीवनको बारेमा जानकारी राख्दैनन् ।


साभार-https://onlinetamangkhabar.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger