ती युवक डाक्टर थिए । भारतको इन्दौरका डा. हितेशले विष पिएर आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि प्रहरीले अनुसन्धानका क्रममा ती युवतीलाई आत्महत्या गर्न उक्साएको अभियोगमा दोषी ठहर गर्दै गिरफ्तार गरेको छ । ती डाक्टरले १८ मार्चका दिन विष पिएका थिए । उपचारका क्रममा २० मार्चका दिन उनको मृत्यु भयो ।
दुई दिनपछि नै हितेशको बिहे हुने वाला थियो । उनको भोपालकी आफ्नै पुरानो साथी जुहीसँग बिहे तय भएको थियो । बिहेको २ दिनअघि नै जूहीले हितेशलाई ह्वाट्सएपमार्फत म्यासेज पठाएकी थिइन् ।
म्यासेजमा उनले आफूले अर्कै युवकसँग बिहे गरेको बताउँदै बिहेको फोटोसमेत पठाएकी थिइन् । उनले म्यासेजमा ‘मैले मेरो १ साथीसँग बिहे गरें । तिमी बाँच या मर मलाई कुनै मतलब छैन । मेरो तिमीसँग कुनै सरोकार छैन ।’
साभार-https://onlinekhabarpatrikaa.com
Post a Comment