Latest Updates :

नायिका स्वस्तिमा खड्का र भिमफेदी गाईजको दमदार प्रस्तुती रहेको ‘मेरो मायाले’ बोलको गीतको चौतर्फी चर्चा

SHARE THIS POST :
काठमाण्डौ। पछिल्लो समय नेपाली चलचित्रमा मात्र हैन नेपाली भिडियोमा पनि नयाँ नयाँ प्रयोग सुरु भएको छ । आफ्नो भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक विकास सुवेदीले सम्भवत नेपालमै पहिलो पटक पुर्णतया सेटमा म्युजिक भिडियोको छायाँकन गरेका छन् । नेपाल आइडल तथा सुपरहिट गीत ‘काले दाइ’को समेत सेट बनाएका राजु पेन्टरले बनाएको सेट म्युजिक भिडियोका लागि पहिलो पटक प्रयोग गरिएको निर्देशक सुवेदीले बताए ।
गायक शिव परियारको स्वर तथा आफ्नै लगानीमा निर्माण भएको ‘मेरो मायाले’ बोलको भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का प्रस्तुत गरिएको छ । गायक शिव परियारको ‘शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो ।
अहिले सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन् । उनले भने, ‘मेरो सांगीतिक करिअरमा धेरै भिडियो निर्माण गरेको भएपनि यो भिडियोबाट मैँले सबैभन्दा धेरै खुशी महशुस गरेको छु । भिडियोमा हामीले नयाँ प्रयोग गरेका छौ ।’ यस्तै, निर्देशक विकास सुवेदीले मेरो मायाले बोलको भिडियो नेपाली म्युजिक भिडियो उद्योगलाई नयाँ प्रयोग भएको बताएका छन् ।



साभार- http://nepaliexpress.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger