Latest Updates :

'ए मेरो हजुर २' को 'उकालीमा जाँदा जाँदै' गीत रिलिज

SHARE THIS POST :
भाद्र १६ गतेलाई रिलिज कन्फर्म गरिएको वर्षको प्रतिक्षित फिल्म 'ए मेरो हजुर २' को तेस्रो गीत रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश 'उकालीमा जाँदा जाँदै' बोलको सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द-संगीत र राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरु फिचरिङ छन् ।

गीतमा फिल्मका कलाकारहरु मस्ती मूडमा देखिएका छन् । यसअघि फिल्मको ट्रेलरसँगै 'कसम हो' र 'किनीदेउ न साइला दाई' बोलको गीत सार्वजनिक भैसकेको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् ।

बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। झरना थापा निर्देशित यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व.शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।

'उकालीमा जाँदा जाँदै' गीतको भिडियो हेर्नूस् :-



http://www.filmykhabar.com

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger