Latest Updates :

भुइँमा हेर्नासाथ महिला बेहोस भएर ढलेपछि

SHARE THIS POST :
काठमाडौं। एक महिला आफ्ना पतिसँग मोवाइल फोनमा कुरा गर्दै थिइन् । अचानक उनको नजर भुइँमा पर्यो । भुइँमा हेर्नासाथ ती महिला बेहोस भएर ढलेकी छिन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।भारतको इन्दौरमा यस्तो घटना भएको हो । भारतमा पछिल्लो समय अन्धविश्वासका कारण महिलाको कपाल काटिदिने घटना बढिरहेका बेला ती महिला पनि यसैको शिकार बनेकी हुन् । ती महिलाका पति राजस्थानमा कामको सिलसिलामा छन् । ती महिला गएराति आफ्ना पतिसँग फोनमा कुराकानी गर्दै थिइन् । कुरा गर्दै गर्दा अचानक उनले भुइँमा हेरिन् । भुइँमा उनको कपाल खसेको थियो । लगत्तै उनी बेहोस भएर ढलेकी हुन् ।ती महिलालाई आफ्नो कपाल कसले काटिदियो भन्नेसम्म थाहै नभएको बताइएको छ । घटना लगत्तै प्रहरी अस्पताल पुगेको छ । फूलवती नामकी महिला अचानक बेहोस भएको प्रहरीले जनाएको छ । महिला बेहोस भएर डलेपछि भुतप्रेतको आशंका गरी सुरुमा उनलाई नजिकैको देवी मन्दिरमा लगेका थिए । त्यहाँ उनलाई हास आयो तर लगातार बान्ता हसन थालेपछि अस्पताल लगिएको हो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger