गत बिहीबार मध्यरातमा आफू कार्यरत छिमेकीगाउँ मार्पाकदेखि घर आउँदा मृतक असई र श्रीमती तारालाई कोठामा आपत्तीजनक अवस्थामा फेला पारेपछि आवेशमा आएर २ मुक्का हानेर ढोका थुन्ने बाँसको आग्लोले प्रहार गरेपछि असई भागेको बयान दिएका छन् । असईभन्दा श्रीमती अगाडि भागेको र पछि असई भागे पनि खोज्दा फेला नपरी भोलीपल्ट मृत अवस्थामा फेला परेपछि आफू गाउँबाट भागेर मार्पाकमै पुगेको उनले बताएका छन् ।
सुशीलले आफू सम्वद्ध राजनीतिक दल मार्फत आत्मसमर्पण गरेका हुन् । घटना लगत्तै जिल्ला प्रहरीको टोली दार्खा पुगेर अनसन्धान गरी श्रीमती तारा थापामगरलाई गत शुक्रबार नै हिरासतमा लिइसकेको छ ।
Post a Comment