Latest Updates :

होस्टलको बन्द ढोका भित्र हेर्दा चकित परे सांसद राकेश राठौर

SHARE THIS POST :
एजेन्सी। विद्यालयको निरीक्षण गर्न गएका सांसद विद्यालयको होस्टलको बाहिरबाट बन्द गरिएको कोठाभित्र हेर्दा चकित परेका छन् । विद्यालय प्रशासनले सामान्य रुपमा चलिरहेको बताएको होस्टलको कोठामा हेर्दा त्यहाँ १६ जना बालिकालाई थुनेर राखेको भेटिएको हो ।

सबै बालिकाहरु कोही टाउको दुख्ने त कोही पेट दुख्ने भएका कारण तड्पिरहेका थिए । कोठाको ढोका बाहिर बन्द थियो । भारतको उत्तर प्रदेश सीतापुरमा रहेको राजकीय आश्रम पद्धती विद्यालयको निरीक्षण गर्न सांसद राकेश राठौर पुगेका थिए । उनले बन्द ढोकाभित्रबाट आवाज सुनेपछि ढोका खोल्न लगाएका थिए ।

निरीक्षणपछि विद्यालयकी प्रधानाध्यापक रीतालाई बर्खास्त गरिएको छ । भेटिएका सबै बालिकाहरुलाई अस्पताल पु¥याइएको छ । धेरै बालिकाहरुको अवस्था निकै नाजुक रहेको बताइएको छ । अस्पताल पु¥याइएका बालिकाहरुले प्रधानाध्यापक निकै क्रुर भएको बताउँदै आफूहरुले उनको नाम ‘गब्बर म्याम’ राखेको बताए ।



साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger