यसरी बनाउनुहोस् पेष्टः
बेसारमा बेसन, कागतीको रस र दही मिसाएर अनुहारमा लगाउनुहोस् । यसले गोरी बनाउँछ ।
बेसारमा मह र ओलिभ ओइल मिसाएर छालामा लगाउनुहोस् । यसले छाला खस्रो हुनबाट जोगाउँछ र अनुहार चम्किलो बनाउँछ ।
जैतुनको तेलमा एक चुट्की बेसारको पाउडर मिसाएर अनुहारमा हल्का मालिश गर्नुहोस् । यसले चाउरीपनाबाट जोगाउँछ ।
आलुको रसमा बेसारको पाउडर मिसाएर आँखाको मुनी ‘डार्क सर्कल’ मा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसले डार्क सर्कललाई हटाउन सहयोग गर्दछ ।
दुधको तरमा बेसारको पाउडर मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।
बेसनमा दही र बेसार मिसाएर हाथ–खुट्टामा लगाउँदा छाला गोरो हुन्छ ।
महमा गुलाब जल र बेसार मिसाएर गर्धनमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । यसो गर्दा छाला गोरो हुन्छ ।
गोलभेडाको रसमा गुलाब जल र बेसारको पाउडर मिसाएर लगाउँदा घामले डढेको हट्छ । यसले छालामा ग्लो बढाउनका लागि सहयोग गर्दछ ।
बेसारमा चन्दन पाउडर र दही मिसाएर लगाउँदा अनुहारको दाग धब्बा हट्छ ।
साभार- http://nepaliexpress.com
Post a Comment