Latest Updates :

रोनाल्डो बने वर्षको उत्कृट खेलाडी

SHARE THIS POST :
पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको ‘प्लेयर अफ द इयर’को उपाधि जितेका छन्। स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका डिफेन्डर पेपे र गोलरक्षक रुइ प्याट्रिसिओलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन्।

सन् २०१६मा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्दा फाइनल खेलमा एट्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टीमा निर्णायक गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि बनेका थिए। उनले प्रतियोगिता अवधिभर ऐतिहासिक १६ गोल गरेका थिए।

यसैगरी राष्ट्रिय टोलीका लागि पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले युरो २०१६को उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए। यसैको फलस्वरुप उनले २०१६को ब्यालन डि’ओर र फिफा द बेष्ट को उपाधि पनि जितेका थिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger