मालपोतका द्रव्य पिचासहरुको चंगुलमा परेर घरखेत अर्कालाई बुझाउन बाध्य हामी जनता, भएको भिर पाखो बन्दकी राखेर बुढा बा – आमालाई एक्लै छाडी परदेश जाँदा उतै ठगीन बाध्य हामी जनता । हाकीम साबको एउटा साइन लिन भेटी नचढाएका कारण दिनभर अझ कयौ दिन लाइन लाग्न बाध्य हामी जनता ।
मंहगी र कालो बजारीको मारले टाउको उठाउन नसकीरहेको बेला कुनै चण्डाल नेताको प्रलोभनमय भाषणमा ताली बजाउन बाध्य हामी जनता । भुकम्पले घर ढलोस वा बाढिले बस्ती बगाओस, २ मुठ्ठी चिउरा र एक प्याकेट चाउचाउ खाँदै पुन निमार्ण सम्बन्धी अरवौँको न्युज हेर्न र सुन्न मात्र बाध्य हामी जनता ।
भोट हैन भाग्य लुटेर सँसद छिरेका पाषाड ऋदयी नेताहरुलाई टिभीमा हेरेर मात्र चित्त बुझाउन बाध्य हामी जनता । स्विजरल्याण्ड र सिंगापुरको सपना देखाएर झिंगापुर बनाइदिनेहरुले पद पाउन विदेशी राजदुतको गुलामी गरको देख्दा लाजले आफ्नै मुख छोप्न बाध्य हामी जनता ।
अनि बराबरी हैसियत राख्ने २ छिमेकी भारत र चिनको भ्रमणलाई तिर्थ यात्रा गए झै गर्ने कान चिरीएका जोगीहरुलाई हेरीरहन बाध्य हामी जनता ।३ बर्षमा ४/४ जना प्रधानमन्त्रीलाई भेटेर वाक्क लागे पनि मुसमुस हाँस्न बाध्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनको कुरा बुझेका र अब चिनको तिर्थयात्राको मिती सुन्न बसेका हामी जनता ।
हेर्नुहोस सिधा कुरा –
साभार-https://onlinetamangkhabar.com
Post a Comment