करिब ८ अर्ब रुपैया लागत अनुमान गरिएको धरहरा पुननिर्माणका लागि अहिलेसम्म मेरो धरहरा म बनाउछु अभियान अन्र्तगत करिब ९ करोड रुपैयाँ जम्मा भइसकेको छ । २०७२ सालको भूकम्पले पुर्णरुपमा भत्किएको धरहरा पुनर्निर्माणका लागि मेरो धरहरा म बनाउछु अभियान शुरु गरेर रकम संकलन गरिएको थियो । नेपाल टेलिकमले उक्त धरहरा पुनर्निर्माणमा चासो देखाएपनि ठोस रुपमा प्रक्रिया अघि बढ्न सकेको थिएन ।महानगरपालिका, नेपाल टेलिकम, पुरातत्व विभाग लगायतका निकायबीच आवश्यक समन्वय नभएपछि प्राधिकरणले धरहरा पुनर्निर्माणलाई प्राथमिकता दिन सरोकारवाला निकायलाई ताकेता गरेको थियो ।
सोमबार प्राधिकरणले बोलाएको बैठकमा नेपाल टेलिकम, पुरातत्व विभाग, पर्यटन मन्त्रालय र महानरपालिकाका प्रतिनिधी सहभागी थिए ।प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीले विभिन्न निकायबीचको खिचातानीका कारण धरहरा पुनर्निर्माणमा ठोस प्रगति नभएको भन्दै अव यसलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको बताए ।
उनले अब बन्ने धरहराको थ्रि डि मोडल आगामी आइतवार बस्ने बैठकमा नेपाल टेलिकमले प्रस्तुत गर्ने र पुनर्निर्माणको काम अघि बढ्ने जानकारी दिए ।तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरुप बिक्रम संवत १९८२ मा उक्त धरहरा निर्माण गर्न लगाएका थिए ।बिक्रम संवत १९९० को भूकम्पले क्षति पुगेपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शम्सेर राणाले उक्त धरहरालाई पुनर्निर्माण गराएका थिए । २०७२ सालको भूकम्पका कारण ऐतिहासिक उक्त धरहरा पुर्णरुपमा भत्किएको हो ।-क्लिकमान्डुबाट
Post a Comment