Latest Updates :

कमल थापालाई कडा झड्का दिँदै चर्चित नायिका रेखा थापाले फेरी पार्टी बदलिन्

SHARE THIS POST :
काठमाडौं । कुनै समय माओवादीमा प्रवेश गरेर प्रचण्डसँग नाचेर हंगामा मच्चाएकी चर्चित नायिका रेखा थापाले फेरी पार्टी फेरेकी छिन् । नायिका थापाले माओवादी छाडेर कमल थापाको राप्रपाबाट महिला तर्फको केन्द्रिय सदस्यमा खुला प्रतिस्पर्धाबाट जितेकी थिइन् ।

केहि महिनाअघि मात्रै माओवादी परित्याग गरेर राप्रपामा प्रवेश गरेकी चर्चित नायिका रेखा थापाले फेरि पार्टी बदलेकी हुन् । थापा पशुपति शमशेर राणा नेतृत्वको राप्रपा ९प्रजातान्त्रिक०मा लागेकी हुन् ।

राप्रपाको केन्द्रीय सदस्य थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराउँदै राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरालाई पनि औपचारिक पत्र हस्तान्त्ररण गरेको बताइएको छ । यस विषयमा जानकारी लिन रेखालाई फोन गर्दा उनले फोन उठाइनन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger