Latest Updates :

बेलायतमा सम्पन्न भएको तिजले प्रवासी नेपालीहरुका आँखा किन रसाए ? [ हेर्नुस भिडियो ]

SHARE THIS POST :
लण्डन । बेलायतको बर्मिङहमका नेपाली महिलाहरुले पनि एक भव्य कार्यक्रमका साथ तीज मनाएका छन् ।

शान्ति नेपाली समाज बर्मिङहमको आयोजनामा ५ सय बढि महिलाहरुको सहभागितामा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

समाजका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश तिवारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजकी उपाध्यक्ष सिता खरेलले कार्यक्रमबाट बचत हुने रकम नेपालका बाढीपीडितको सहयोगार्थ पठाउने जानकारी गराएकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरुले दिनभर तीजका गीतमा नाचगान गरेर मनोरञ्जन लिएका थिए ।

समाजका अध्यक्ष कृष्ण ढकालले कार्यक्रममा संकलन भएको कुल रकमबाट खर्च कटाएर सबै रकम चितवनका बाढीपीडितलाई पठाउने जानकारी दिए ।

समाजले कार्यक्रमभन्दा अघि नै बाढीपीडितका लागि सहयोगको अपील गरेर केहि रकम समेत उठाएको थियो । त्यससरी संकलित रकम र तीज कार्यक्रमबाट बचेको गरी झण्डै ६ लाख रुपियाको सहयोग बाढीपीडितलाई पठाइने भएको छ ।

हेर्नुस भिडियो :





साभार-http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger