जसका कारण सञ्चारबाट विच्छेद जस्तै भएका छन् । विद्युत कहिले आउने भन्ने टुंगो छैन् । यस्तो बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको कनकाई नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीको घरमा स्थानीयको भीड लागेको छ ।
लक्ष्मीले जेनेरेटर राखेर मोबाइल चार्ज गर्ने सेवा दिएपछि उनको घरमा अहिले ३० जना गाउँका जनताले एकैपटक मोबाइल चार्ज गरिरहेका छन् । वडाध्यक्षले मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइदिएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । र बाढी र डुबानबाट पीडित आफ्ना आफन्त तथा देशविदेशमा रहेका इष्टमित्रसँग सम्पर्क गर्न पाएका छन् ।
Post a Comment