साउदी अरब तेलको खानी हो । साउदीको ठूलो भूभाग समुन्द्रले घेरिएको छ । समुन्द्र मार्गबाटै अधिकांश पारबहनको काम हुन्छ । साउदी अरबको आर्थिक विकासको प्रमुख आधार तेल भए पनि हज यात्री र पर्यटन पनि प्रमुख श्रोत हो । तर पर्यटन क्षेत्रमा खासै प्रगती गर्न नसक्दा साउदी अरबले यो क्षेत्रबाट उन्नती गर्न भने सकेको छैन ।
तर समुन्द्री किनारको सदुपयोग गर्दै अब भने साउदी अरबले नयाँ रणनीति उद्घोष गरेको छ । जुन अहिले निक्कै चर्चाको विषय बनेको छ । साउदीले पहिलो पटक पर्यटन विकासको महत्वाकांक्षि योजना अन्तर्गत लाल सागरमा एक लक्जरी रिसोर्ट बनाउने भएको छ । जसमा महिलाहरुलाई बिकिनी लगाएर बस्न अनुमति दिइने छ ।
साउदी सरकारको यो निर्णयलाई कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ढिला गरी घोषणा गरेको सही निर्णय भनेका छन् भने कतिले चाहिँ रमाइलो पारामा मजाक उडाएका पनि छन् ।
यो बीच रिसोर्ट ५० वटा प्रायदीप मिलाएर बनाइने छ । पब्लिक इन्भेष्टमेन्ट फण्डले यो बीच निर्माण गर्दैछ भने उसले गत जुलाई ३१ मा यो परियोजनाको सार्वजनिकीकरण गरेको हो । उसले जारी गरेको सूचनाअनुसार सो रिसोर्टको निर्माण कार्य सन् २०१९ को तेस्रो महिनाबाट सुरु हुने बीबीसीले जनाएको छ ।
निर्माणकर्ता कम्पनीले सो बीचमा साउदी महिलाहरु पनि बिकिनी लगाएर उपस्थित हुन पाउने जनाएको छ । साथै विदेशी पर्यटकहरुलाई पनि विना अनुमति नै प्रवेश गर्ने अवसर दिइने पनि जनाएको छ । साउदी अरबको यो कदमले पर्यटन क्षेत्रमा ठुलो परिवर्तन आउने अनुमान गर्न सकिन्छ ।
Post a Comment