हालको दुमाटो
हो, साच्ची कै उनि कंगाल बनेका छन तर ब्यबसायमा घाटा भएर हैन उनको मनले चाहेर । अचम्म नमान्नुस ! यो कुनै कथा हैन। एक करोडपति बिजिनेसमेन जसको लाइफस्टाइल कुनै प्लेब्वाईको जस्तो मोजमस्तीमा बित्दै थियो । उनको नाम हो माजी दुमाटो, उनको उमेर अहिले मात्र ३८ बर्ष भयो ।
दुमाटो अहिले र पहिले
दुबईमा उनी ३ मिलियन अमेरिकी डलर बराबर सम्पत्तिको मालिक थिए । प्ले ब्वाइको छबी बनाएका उनको जीवनमा यस्तो मोड आयो, जसले उनी कंगाल भए । अहिले उनी ब्राजिलमा कंगाल अवस्थामा भेटिन्छन् । बाटोमा भेट्दा भिख मागेको जस्तो देखिन्छन ।
दुमाटो श्रीमतीसंग
वास्तवमा सीरिया मुलका माजी दुमाटो ब्राजिल र दुबईमा हुर्के र बढेका हुन् । उनले वेब डिजाइनिङ, मार्केटिङ र प्रपर्टी व्यवसायबाट यत्तिका धेरै सम्पति आर्जन गरेका थिए । छोटै समयमा मनग्ये पैसा कमाएका उनको जीवनमा अपुग भन्ने कुरै थिएन । तर, जब उनले करोडौं रुपैयाँको फेरारी कार खरिद गरे, तब उनले जीवनको सबै कुरा पाएको ठाने । यो हो जीवन भन्दै रमाउन थाले । तर जव एकरात उनले चलाएको फेरारी भयानक दुर्घटनामा पर्यो उनको जीवनले अर्कै मोड लियो।
उनले चलाएको कार लगभग क्षतिग्रस्त थियो, त्यो क्षेती त केहि हैन उनले त्यहाँ अन्य ५ वटा कारलाई पनि क्षति पुराएका थिए। त्यसै कारण उनलाई जेलचलान गरियो ।
कतै छुटाउनु भयो कि ?
अन्तराष्ट्रिय
जनकपुरमा फेला पर्यो युवातिहरुको चुल्ठो काट्ने किरा,किरा…
RAPTI24 NEWS 1 day ago 0
अन्तराष्ट्रिय
भक्र्र Youtube बाट नेपाली १८ बर्षिय युवतीको यस्तो भिडियो…
RAPTI24 NEWS 1 day ago 0
जव उनि जेलबाट छुटे उनि अघिल्लो जीवन सम्झेर दिक्क भए र बिरक्तिए अनि उनि दुबई छोडी दक्षिण अमेरिकी मुलुक ब्राजिल तिर लागे । एकदिन उनी एउटा क्लबमा थिए, त्यहीबेला मिलेना कांगो नामकी युवतीसँग भेट भयो । उनीहरू आपसमा नजिकिए, प्रेममा परे र, पछि बिहे गरे । त्यही युवतीसँग विवाह गरेपछि माजीले अनुभूत गरे कि, धन भनेको केही होइन रहेछ ।
दुमाटो अहिले र पहिले
खुसि साथ बितीरहेको उनको जीवनमा फेरी अर्को ठुलो भूकम्प गयो ! उनको श्रीमती मिलेनालाई स्तन क्यान्सर भएछ । दुईपटक शल्याक्रिया गरियो, बोन म्यारो ट्रान्सप्लान्ट गरियो । दुबई छाड्दा रहेको ३ मिलियन मध्ये २ मिलियन मिलेनाको उपचारमा खर्च भयो । श्रीमती मात्र हैन उनको भाइ पनि ब्रेन ट्युमर पिडित छन जसलाई उपचार खर्च पनि दुमाटोले नै बेहोर्दै छन ।
बाकि रहेको पैसाले पनि उनि शुख सयलले बस्न सक्थे तर उनले त्यो चाहेनन् । उनले ठुलो जग्गा खरिद गरेर एक क्यान्सर प्रिभेन्सन सेन्टर पनि बनाइरहेका छन। दुमाटो चाहान्छन सबैले सुलब स्वास्थ्य उपचार पाउन । उपचार कै अभावले कोहि नमरुन ।
दुमाटोको सेन्टर
करोडौ पैसा र अथाह मायाले पनि उनले श्रीमतीलाई त बचाउन सकेनन तर अझै पनि आफ्नो श्रीमतीको भाइ र अन्य सैयौको जीवन बचाउन भने जीवनभर लागि रहने प्रण गरेका छन ।
साभार-http://www.rapti24news.com
Post a Comment