‘लिला’ले ब्यवसायमा पनि राम्रो लिला देखाउने भन्दै कार्यकारी निर्माता सिपी पौडेलले ‘सिलसिला’ जस्तै चलचित्र हिट हुने अनुमान लगाए । प्रस्तुतकर्ता कृष्णप्रसाद ढंगालले राम्रो चलचित्र हेर्ने दर्शकको चहाना बुझेर लिला बनाएको सुनाउँदा अर्काे निर्माता लक्ष्मण बस्नेतले चलचित्रको बिभिन्न पाटाबारे जानकारी दिए ।
कार्यक्रममा निर्माता तथा चलचित्र प्रर्दशक संघका अध्यक्ष प्रदीप उदयले चलचित्र हचुवाको भरमा प्रदर्शनमा नल्याउन सुझाए । उनले चलचित्रको प्रदर्शन राम्रो गर्न नसकिए लगानी सुरक्षित नहुने बताए । कार्यक्रममा अभिनेता राज कटुवाल बाहेक अन्य कलाकार भने देखिएन् ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको बताइएको चलचित्र प्रेम, एक्सन र सस्बेन्स बिषयले भरिएको छ ।
मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ ।
साभार-http://www.pnpmedianepal.com
Post a Comment