जारी विज्ञापनअनुसार ती पदहरुमा योग्य र इच्छुक उम्मेदवारहरुले १५ दिनभित्र दरखास्त पेश गर्नु पर्नेछ । इच्छुक व्यक्तिहरुले अस्पतालको कार्यालय खजुरा, बाँकेमा वा अस्पतालको सम्पर्क कार्यालय स्वास्थ्य मन्त्रालय काठमाडौँमा पनि आवेदन दिन सक्ने जनाइएको छ ।
अस्पतालले रजिष्ट्रार सर्जिकल अंकोलोजी, प्राविधिक १ जना, रजिष्ट्रार मेडिकल अंकोलोजी, प्राविधिक १ जना, रजिष्ट्रार गाइनोकोलोजी अंकोलोजी, प्राविधिक १ जना र रजिष्ट्रार रेडियोलोजी, प्राविधिक ९ जनाको माग गरेको छ । यी पदहरुको प्रथमपत्रको परीक्षा आगामी भदौ ३० गते र द्वितीय पत्रको परीक्षा भदौ ३१ गते हुने जनाइएको छ ।
यसैगरी मेडिकल अधिकृत, प्राविधिक २ जना, नर्सिङ अधिकृत, प्राविधिक १ जना, स्टाफ नर्स, प्राविधिक ८ जना, हेल्थ असिष्टेन्ट प्राविधिक १ जना, इ.सि.जी. टेक्निसियन, प्राविधिक १ जना, एनेस्थेसिया सहायक, प्राविधिक २ जना, ल्याब टेक्निसियन, प्राविधिक ३ जना, रेडियोग्राफर, प्राविधिक २ जनाको पनि माग गरेको छ । यी पदहरुको परीक्षा आगामी भदौ ३० र ३१ गते हुने पनि जनाइएको छ ।
यता प्रशासकीय अधिकृत, प्रशासन १ जना, लेखा अधिकृत, प्रशासन, लेखा १ जना, नायव सुब्बा, प्रशासन २ जना, कम्प्युटर अपरेटर, प्रशासन १ जना र खरिदार, प्रशासन १ जनाको पनि माग गरिएको छ ।
यी पदहरु करार सेवामा पदपूर्ति गरिने पनि अस्पतालले जनाएको छ । विस्तृत विवरण तलको सूचनामा हेर्नुहोला ।

Post a Comment