Latest Updates :

चार करोड ऋण लागेपछि महिलाले गरिन् प्लास्टिक सर्जरी(भिडियो सहित)

SHARE THIS POST :
आफ्नो सुन्दरताको लागी केके सम्म गर्ने रहेछन् मान्छेले हेर्नुहोस सुन्दरता बढाउनका लागि मानिसहरु प्लास्टिक सर्जरी गरेको त सुन्नुभएकै होला । तर कतिपय मानिसहरु चाहीँ आफुले लिएको ऋण तिर्नु नपरोस् भनेर पनि प्लास्टिक सर्जरी गर्दा रहेछन् । एक जना महिलाले यस्तै गरेकी छिन् ।चीनको सांघाइस्थित वुहान सहरमा एक जना महिलाले ऋण नतिरेको आरोपमा पक्राउ पर्ने डरले प्लास्टिक सर्जरी गराएकी छिन् । आफुलाई कसैले नचिनुन् र पक्रिन नसकुन् भनेर उनले प्लास्टिक सर्जरी गराई अर्कै रुप बनाएकी हुन् ।

ती महिलाको झण्डै ४ करोड रुपैयाँ बराबरको ऋण रहेछ । एक स्थानीय अदालतले उनलाई ऋण चुक्ता गर्ने आदेश दियो । त्यसपछि उनी सांघाइबाट भागेर सेन्झेन पुगिन् । सेन्झेन पुगेर प्लास्टिक सर्जरी गराइन् । तर प्लास्टिक सर्जरीले पनि उनलाई बचाउन सकेन । पुलिसले उनलाई पक्राउ गर्यो । जब उनी पक्राउ परिन् तब उनलाई देख्दा पुलिस नै अचम्ममा पर्यो ।५२ वर्षकी ती महिला प्लास्टिक सर्जरी गरेर ३० वर्षकी जस्तै देखिएकी थिइन् । पुलिससँग भएको ती अभियुक्तको तस्वीर भन्दा उनको अनुहार विल्कुल फरक थियो ।
पुरा भिडियो हेर्नुहोस्


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger