Latest Updates :

लेबनानमा बसी इजरायलका लागि जासुसी गरेको आरोपमा २ नेपाली पक्राउ

SHARE THIS POST :
इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा दुई नेपाली पक्राउ परेका छन् । जासुसीको आरोपमा दुई नेपालसहित ५ जना पक्राउ परेको लेबनानको अन्तरिक सुरक्षा अधिकारीले बताएका छन् । पक्राउ पर्ने दुबै नेपाली महिला हुन् । तर, उनीहरुको बारेमा थप जानकारी दिइएको छैन ।

उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ । लेबनान जाने चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्‍याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गरेको आरोप लागेको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन । पश्चिम एसियाका मुलुकहरुसँग इजरायलको सम्वन्ध राम्रो छैन । अरबसँगको युद्धपछि खाडी मुलुकहरुमा इजरायललाई शत्रु शक्तिका रुपमा हेरिन्छ ।

अनलाइन खबर बाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger