Latest Updates :

छुरी हानेर महिलाले राजधानीमै युवाको हत्या गरिन्

SHARE THIS POST :
पर्वतको फलेवास नगरपालिका ४ साविकको मुडिकुवा ६ सिर्सुवाका मेघराज भुसालको काठमाडौंमा हत्या भएको छ। भुसालको एक महिलाको प्रयोग गरी हत्या भएको हो। राजधानीमा एक एयरलाइन्समा जागिरे रहेका भुसालले लगानी गरेको कृषि फर्ममा काम गर्ने कामदारले हत्या गरेकी हुन्।

ललितपुरको साविकको गिल्मी गाविसकी ४२ वर्षीया कान्छीमाया भनिने फुलमाया तामाङले भुसाललाई कोखामा छुरीले हानेर हत्या गरेको खुलेको छ। तामाङले आफैँ हत्या गरेको भन्दै प्रहरी कार्यालय भैँसेपाटीमा पुगेर बताएकी थिइन्। प्रारम्भिक बयानमा तामाङले आफूलाई बलात्कारको प्रयास भएकाले प्रतिकार गर्दा भुसालको मृत्यु भएको बताएको अनुसन्धान गरिरहेका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो। प्रहरीले तामाङलाई ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ।

 प्रहरीले वयान लिने क्रममा कान्छी मायाका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ। भुसालले अन्य तीन जनासंग शेयर गरेर कृषि फर्ममा लगानी गरेका थिए। बलात्कारको वहानामा लगानीकर्ताले षडयन्त्रपूर्वक भुसालको हत्या गरेको आफन्तजनले आरोप लगाएका छन्। महिलाको प्रयोग गरेर लगानी गर्ने सहपाठीले नै उनको हत्या गरेको भन्दै प्रहरीलाई अनुसन्धानको दायरा फराकिलो बनाउन आफन्तले दबाब दिएका छन्।

महिलाले बलात्कारको प्रयास भएको खण्डमा हत्या गरेपनि कारवाही छुट हुने मुलुकी ऐनमा व्यवस्था रहेको छ। त्यही व्यवस्थाको फाइदा उठाउन महिलाको प्रयोग गरिएको आफन्तजनको दावी छ। साउन १८ गते बिहान ११:३० मा हत्या भएको मेघराज भुसालको साउन २० गते आर्यघाटमा अन्तेष्टी गरिएको छ।

ज्वाइँको हत्याको दुःखद खबरले उहाँका ससुरा पर्वतको पिपलटारीका मुक्तिराम पौडेलको पनि मृत्यु भएको छ। मृत्युको खबर सुनेपछि क्यान्सर रोगले ग्रसित रहेका पौडेलको अकस्मात मृत्यु भएको हो। ४१ वर्षीया भुसालका बुवा, आमा, एक श्रीमती छन्। श्रीमती विद्यत प्राधिकरणमा अधिकृत पदमा कार्यरत छिन्। उनकी ११ वर्षीया छोरी, १० महिनाका छोरा छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger