Latest Updates :

राजधानीसम्म पेट्रोलियम पाइपलाइन

SHARE THIS POST :

पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ । तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल सुरु भएको हो ।
सेनाको मुख्यालयमा यसैसाता भएको मल्टिपर्पस छलफलमा फास्ट ट्याकसम्बन्धी जिम्मेवारी पाएको नेपाली सेनाको युनिट, नेपाल आयल निगम, नेपाल टेलिकम, विद्युत्त प्राधिकरण, बाहिरी चक्रपथ आयोजना, रेल विभाग, सस्पेन्सन ब्रिजलगायत बहुसरोकारवाला निकायको सहभागिता थियो ।
उता, भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने विषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दैछन् ।

ओईओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोतिहारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली ग्यास पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

साभार-http://nayaghatna.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger