Latest Updates :

न्यायाधीशले फैसला नसुनाउदै प्रचण्डपुत्र प्रकाशले कसरी थाहा पाए ? भरतपुर प्रकरणको आदेश

SHARE THIS POST :
सोमबार १६, साउन काठमाडौं । भरतपुर प्रकरणमा सर्वाेच्च अदालतले आइतवार साँझ ७ बजे फैसला दियो । तर फैसलाको अंश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालले दुई घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरे । इजलासबाट न्यायाधीशले फैसला नसुनाउदै प्रचण्डपुत्र प्रकाशले कसरी थाहा पाए ?


न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले साँझ ७ बजे भरतपुर प्रकरणको रिटमा फैसला सुनायो । तर प्रकाशले ५ बजे नै पुनः मतदान गर्ने फैसला सर्वाेच्च अदालतबाट भएको जानकारी सामाजिक सञ्जालमा दिए । प्रकाशले सामाजिक सञ्जालमा दिएजस्तै सर्वाेच्च अदालतबाट पुनः मतदानको फैसला आयो ।


प्रकाशले सामाजिक सञ्जालमा पुनः मतदान जानकारी दिएपछि माओवादी केन्द्र निकट धेरै नेता कार्यकर्ताले अदालतलको फैसलालाई स्वागत गरे । समाजिक सञ्जालभरी पुनः मतदानको खवर फैलियो । तर दैनिक सर्वाेच्च अदालत पुगेर समाचार संकलन गर्ने पत्रकारहरु भने अनभिज्ञ थिए । उनीहरु इजलास अगाडी फैसलाको पर्खाइमा कुरिरहेका थिए ।

सामाजिक सञ्जालमा फैसलाको खवर भाइरल बनेपछि संबैधानिक तथा कानुन पत्रकार मञ्चका पूर्वअध्यक्ष डिल्ली आचार्यले समाजिक सञ्जालमा लेखे ‘स्मरण रहोस, ६.४४ मिनेटसम्म अदालतले भरतपुर बारे बोलेको छैन ।’ ७ बजेतिर फैसला प्रचण्ड पुत्र प्रकाशले सार्वजनिक गरेजस्तै आयो ।

सर्वोच्च अदालतले फैसला सुनाएलगतै कांग्रेस–माओवादीमा खुसीयाली छायो भने एमाले नेताहरुले दुर्भाग्यपूर्ण भन्दै टिप्पनी गरे । अदालतले विधिको शासनलाई भत्काएको र अराजकतालाई संस्थागत गरेको आरोप एमाले नेताहरुले बताउन थालेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger