Latest Updates :

के बाहुबलीका प्रभाष अनुष्काको प्रेममा छन् ? पहिलो पटक अनुष्कासँगको सम्बन्धका विषयमा मुख फोरे प्रभाषले

SHARE THIS POST :
मुम्बई । प्रभास र अनुष्का शेट्टी केही वर्षदेखि प्रेम सम्बन्ध र हिट सिरिज बाहुबलिका कारण चर्चामा छन् । उनीहरु बीच प्रेम सम्बन्धको खबर बाहिरिइरहेका बेला प्रभाषले एक अन्तरवार्तामा आँफु अनुष्काको प्रेममा नरहेको र विबाहको बारेमा तत्कालका लागी आँफुले नसोचेको समेत बताए ।

३७ वर्षीय अभिनेता प्रभाषले अनुष्कासँगको प्रमेबारे भने, ‘मलाई यस्तै लागेको थियो । यदी तपाइँ कुनै पनि नायिकासँग दुईभन्दा धेरै चलचत्रि खेल्नुभयो भने मानिसहरुले यस्तै हल्ला फैलाउँछन् । मेरो लागि यो सामान्य कुरा हो ।

अन्तरवार्ताका क्रममा नै उनले भने मलाई अझै चलचित्रमा केही नयाँ प्रयोग गर्नुछ जसका लागी मैले समय दिइरहेको छु । विबाह र प्रेममा परेको खण्डमा मैले ति उपलब्धि हाँसिल गर्न नसक्ने भएकाले तत्कालका लागी ति विषयहरु मेरा लागी गौण हुन् । अनुकाको प्रेमका विषयमा उनले मिडियाले दिएको माया भन्न पछि परेनन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger