यो घटना हो शसस्त्र प्रहरीका जवान बिनोद रेग्मीले चलाएको बा.३५प. ८७२५ नं को मोटरसाइकलले २०७४ असार २ गते पोखरामा दिउसोको २ बजेको समयमा जेब्राक्रसिङगबाट बाटो काटिरहेको समयमा २१ बर्षिय राजेश गिरीलाई ठक्कर दिई गम्भीर घाइते बनाएर भागेपछि सर्बसाधारण जनताले अर्कोबाट पिछा गरेर पक्रेर ल्याई प्रहरीलाई बुझाउँदा समेत प्रहरीले उक्त ब्यक्तिलाई केहि नगरी छोडि दिएको बिषयमा घटनाको पृष्टभूमि यस्तो रहेको छ ।
घटना भएको मिति २०७४ साल आसार २ गते शुक्रबार दिउसो २ बजे पोखरा नयाँ बजार जेब्रा क्रसिङबाट बाटो काट्ने पीडित पोखरा उ .मा. न. पा. वडा नं १९ बस्ने २१ बर्षिय राजेश गिरी मोटरसाइकल चालक सशत्र प्ररही बल मुक्तिनाथ बाहिनी पोखरामा कार्यरत प्ररही जवान बिनोद रेग्मी ।
रेग्मीका अनुसार घटना भएको दिन उनलाई हाकिमले बैंकमा पैसाजम्मा गरेर ए.टि.एम. कार्ड ल्याउन भनेपछि सोहि बाहिनीका इन्सपेक्टर योगेश दाहालको बा .३५ प . ८७२५ नं को कालो पल्सर लिएर निक्लेका थिए ।
उनको मोटरसाइकलको स्पीड यति बढी थियो कि उनले जेब्राक्रसिङमा समेत कन्ट्रोल गर्न सकेनन् र २१ बर्षे राजेश गिरीलाई ठक्कर दिएर गम्भीर घाइते तुल्याएर फरार भए । पछि सर्बसाधारण जनताले उनलाई अर्को मोटरसाइकलले फलोगरि पक्रेर उनलाई प्रहरीमा बुझाएका थिए ।
यता घाइते राजेश गीरीको अवस्था गम्भीर रहेको हुनाले सर्बसाधारणले उनलाई तत्काल गण्डकी मेडिकल कलेज पुराएको र उनको टाउकोमा गम्भीर चोट लागेको हुनाले गण्डकी मेडिकल कलेज मै २ पटक टाउको ओपेरेशन भए पनि घाइते राजेश गिरीको अवस्तामा उलेख्य सुधार नदेखिएकोले उनलाई काठमाडौँ स्थित ग्रांडी इन्टरनेसनाल हस्पिटलमा पीडकपक्ष, पीडित पक्ष र डाक्टरको सल्लाहामा रिफर गरियो ।
उता पीडक बिनोद रेगमीलाइ भने सर्बसाधारणले पक्रेर प्रहरीमा बुझाएको भएता पनि नेपाल प्रहरीले हामीले शसस्त्रको जवानलाई हेर्न मिल्दैन, शसस्त्रले नै हेर्छ भन्दै सशस्त्र प्ररही बल मुक्तिनाथ बाहिनी पोखरामा बुझाएको र उनलाई कुनै पनि कारवाही नगरी नियमित ड्युटीमा खटाई रहेको कुरामा घाइतेका आफन्त आक्रोशित भएका छन् ।
घाइते रजेश गिरीलाई ग्रांडी इन्टरनेसनाल हस्पिटलमा रेफर गर्दा पीडित र पीडक बीच मिला पत्र समेत गरिएको थियो । उक्त मिलापत्रमा घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च पीडक बिनोद रेग्मीले तिर्ने कुरामा सहमती जनाइएको छ।
तर पीडितका अनुसार काठमाडौँ आएपछि बिनोदको परिवारबाट कूनै पनि सहयोग नपाएको र उल्टो मेरो केहि पनि छैन, मसंग भएको जति सबै दिईसकें अब म केही गर्न सक्दिन, साहबको कामको लागि गएको हो त्यसैले फिसबाटै उपचार गरि दिनु पर्छ, उता अफिसमा कुरा गरि दिनुस भनेको हुनाले पीडितका बुवाले सशसत्र प्ररही बल मुक्तिनाथ बाहिनी पोखराका डीआईजी साहबसंग जाहेरी दिन जाँदा डीआईजी साहबको जवाफ यस्तो आयो हाम्रो जवानलाई थुनेर राख्न चाहनु हुन्छ ?
राख्नुस् जे मन लाग्छ गर्नुुहोस किन दिनको एक लाख खर्च हुने अस्पतालमा लागेको ? यस्तो धम्कीपूर्ण जवाफ आयो डीआईजी साहबबाट अझ घाइतेका बुवाका अनुसार डीआईजी साहबले यस्तो समेत भन्न भ्याउनु भयो, मत गृह सचिबको मान्छे, आईजीपी साहब मेरो मान्छे
अर्को आस्चर्यको कुरा त के छ भने दुर्घटनाको समयमा जुन मोटरसाइकलको नम्वर टिपाईएको थियो बा. ३५. प ८७२५ त्यसको सतट्टामा अहिले ग. ६.प ८८२५ नम्बरको मोटरसाइकल भनेर मिलापत्र गरिएको देखिन्छ अब तपाईहरु आफै भन्नुस सो गर्नुको कारण के हो ? यो सरासर डीआईजीको मिलेमतोंमा भएको देखिन्छ, जुन कुरा डीआईजी साहबले प्रहरी जवानलाई बचाउन खोज्नुबाट पनि प्रस्ट हुुुन्छ ।
बिचरा रजेश गिरीका बुवा हारगुहार गर्दा पनि केहि सिप नलागे पछि मिडियामा आउन बाध्य भएका छन् के नियम कानुन हामी सर्बसाधारण जनताका लागि मात्र हो र गृहमन्त्रीज्यू ? हामी सर्बसाधारण जनताले न्याय कहिले पाउने हजुर ? यो हामी सम्पूर्ण जनाताको प्रश्न गृहमन्त्रीज्यूलाई्र किन कानुनको निर्माण गर्ने तपाईहरुले चाहिँ जे गर्दा नि हुने हो त हजुर ?
हाम्रो भन्नु यति मात्र हो सरकार घटनाको निष्पक्ष छानबिनका लागि तत्काल छानबिन समिति गठन गरियोस, पीडित राजेश गिरीले यथसक्य चाँडो न्याय पाउन र पीडक बिनोद रेग्मीलाई हदै सम्मको करवाही होस् ।
Post a Comment