मध्य प्रदेशको प्रहरीलाइ उक्त घटनाबारे जानबारी आजै बिहान पाएका थिए भिडले घेरिएको घटना स्थलमा प्रहरी पुग्दा त्यो अबोध बालक आमाको मृत शरीरमा टाँसिएर रोइरहेको अवस्थामा भेटिएको हो ।रेलवय ट्रयाकमा ढलिरहेको अवस्थामा एक महिलालार्इ देख्नासाथ प्रहरीलाइ खबर गरेको तर नजिक पुगेर हेर्दा १७ महिने बालक आफ्नी आमाको मृतबाट शरीरबाट दुध खाने कोसिसमा रहेका दृश्यले आफुलाइ निकै दुख र पिडा भएको प्रत्क्षदर्शी मोनू बाल्मिकी बताए । घटनाको प्रकृति हेर्दा महिलाको मुत्यु दुर्घटना हुन सक्ने प्रहरीले बताएको छ ।
महिलाको मृत शरीरलाइ पोष्टमार्टमको लागि अस्पताल लगिएको र बाच्चाको पनि स्वास्थ परिक्षण गरिएको प्रहरीले बताए । बच्चालाई चिसो लागेको र अरु सबै सामान्य रहेको जानकारी दिइएको छ । माहिलाको परिवार र ठेगानाको खोजी भइरहेको छ र बालकलार्इ अनाथ आश्रममा लैनाने तयारी भएको प्रहरीले बताएका छन् ।
Post a Comment