Latest Updates :

जहान पाल्न बिदेशमा रगत पसीना बगाएर घर फर्किदा न श्रीमती हुन्छे न सम्पति अनि बिरक्तिएको मनले के गरोस ?यो तपाई हाम्रै बिदेशिएका दाजु भाईको ब्यथा हो शेयर गरौ।

SHARE THIS POST :
जहान पाल्न बिदेशमा रगत पसीना बगाएर घर फर्किदा न श्रीमती हुन्छे न सम्पति अनि बिरक्तिएको मनले के गरोस ?यो तपाई हाम्रै बिदेशिएका दाजु भाईको ब्यथा हो शेयर गरौ।

यौन कति संवेदनशिल विॆषय हो तर हिजो आज यौन संम्पर्कलाई कति सहज रूपमा लिएको पाईन्छ चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा १६ देखि ३५ वर्र्ष उमेरका महिला पुरुष छन । पक्राउ परेका मध्ये अधिकांश किशोर–किशोरी र श्रीमान विदेशमा रहेका महिलाहरु भएको प्रहरीले बताएको छ ।

उनीहरु सवै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले वताएको छ । चितवनका होटल तथा रेष्टुरेण्टमा बेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउंसो तथा रातको समयमा छापा मार्न सक्रियता वढाएको हो । यसैवीच पछिल्लो समय अपराधिक र वेश्यावृत्तिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलहरुमा परिचयपत्रको व्यावस्था लागु गरेको छ ।

होटल व्यावसायीहरुले सेवाग्रहीहरुको स्पष्ट परिचय खुल्ने परिचय पत्र आफैसग राख्नु पर्ने नियम वनाइएको छ ।


सो नियम उल्लंघन गर्ने व्यावसायीहरु माथि कडा कारवाही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट ,हत्या र आत्महात्याका घटनाहरु बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीहरुलाई अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक कोइरालाले वताउनुभयो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger