Latest Updates :

अलपत्र सन्जितालाई मलेसियामा बस्ने नेपालीहरुले सहयोग गरि घर पठाए

SHARE THIS POST :
भाडाङ्गी–५ झापा निवासी सन्जिता शर्मालाई मलेसियाका नेपालीहरुल सहयोग गरि घर पठाएका छन ।

विगत केहि हप्ता देखि मलेसियामा अलपत्र अवस्थामा रहेकी सन्जता संगै मलेसियाकाे शाहाअालममा लुटिएकी अर्की पीडित विमला कार्कीलाई भने एनअारएन मलेसियाले कल्याणकारी काेषबाट सहयोग गरि घर पठाएकाे थियाे ।

सन्जिता र कार्की बिगत केही महिना देखि अबैधानिक भएपछि मलेसियाकाे शाहाअालममा छुकिछिपि काम गर्दै अाएकी थिईन । काम गरेर फर्किने क्रममा स्थानीय लुटेराले अपहरण शैलीमा लुटेका थिए । बिमला संग भएकाे ४५ सय रिगेट र मोवाईल समेत लुटरे शारीरिक यातना दिन थालेपछि भागेर ज्यान जाेगाएकाे बिमला बताउछिन । उनी थपछिन “” घर फर्किने भनेर सङगाले पैसा हाे । अाफु अाएकाे कम्पनी राम्रो नभएपछि अबैधानिक भएर काम गर्नु पय्राे । बैंकमा राख्नलाई एकाउन्ट थिएन त्यसैले सबै पैसा साथमा राख्दा सबै लुटिएं । “

माेरङकी बिमला कार्कीलाई एनअारएन मलेसियाले सहयोग गरेकाे थियाे भने सञ्जिताकाे लागि एनअारएनका पदाधिकारीहरुकाे पहलमा विभिन्न ब्यक्तिकाे सहयोगमा घर पठाएको हाे ।

सहयोगीहरु केशव घिमिरे-२५०, नेत्र के.सी -१००, रेष्टुरेण्ट भेटघाट-५०, दिपेश गौली-५०, हरि – ५०, सुग्रिम- ५०, तिलक ठकुरी- २०, मेरो नेपाल रेष्टुरेण्ट -२०, प्रकाश अधिकारी -२०, ईन्द्र -२०, योगेन्द्र काईराला -१०० गरि जम्मा अारएम-७३० सहयोग सङकलन गरि टिकेट काटेर घर पठाईएकाे सहयोगी सुन्दर अालेले जानकारी दिए ।

sanjita

बिमला २९ जुलाईमा नेपाल फर्कि सकेकी छिन भने सञ्जिता अाज जुलाई-३१ साेम्बार हिकालय एरलाईन्सबाट नेपाल फर्किदै छिन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger