Latest Updates :

अप्रेसनका क्रममा विनाअनुमति मिर्गौला निकालिएका रिमालको उजुरी दर्ता भएन

SHARE THIS POST :
काठमाडौँ । अप्रेसनका क्रममा विनाअनुमति मिर्गौला निकालेको भन्दै मनमोहन मेमोरियल मेडिकल कलेजविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालयले दर्ता गराउन नमानेको पीडित पक्षले गुनासो गरेको छ । २५ जेठमा पत्थरीको अप्रेसन गर्ने क्रममा मनमोहन मेडिकल कलेजले नुवाकोट विदुर नगपालिका– १२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला निकालेको थियो ।

न्यायको माग गर्दै उजुरी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे पनि प्रशासनले दर्ता गराउन नमानेको रिमालले बताए । उनले नयाँ पत्रिकासँग भने, ‘करिब २ घन्टा जिल्ला प्रशासन कार्यालयमा बस्यौँ । तर, प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले कुरा सुन्नै चाहनुभएन । यसले हामीलाई थप दुःखी तुल्याएको छ ।’

कुरा गर्न खोज्दा आफूलाई सबै विषय जानकारी भएको भन्दै पन्थीले अर्को दिन आउन भनेको रिमालले बताए । उपचारका क्रममा आपूm र परिवारको सहमतिविना मिर्गौला निकालेको भन्दै रिमालले मेडिकल कलेजमाथि कार्बाहीको माग गरेका छन् । नयाँ पत्रिकाबाट । फोटो पहिलो पोस्टबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger