Latest Updates :

मलेसियामा अलपत्र परेका ४३ जना युवा नेपाल फिर्ता (सूचीसहित)

SHARE THIS POST :
काठमाडौ : मलेसियाको मेलाका घरफिर्ती केन्द्रमा हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका ४३ जना नेपाली युवाहरु स्वदेश फिर्ता भएका छन् ।
लामो समयदेखि घरफिर्ती केन्द्रमा रहँदा मानसिक सन्तुलन बिग्रने,रोग लाग्ने,मृत्यु हुन सक्ने र आत्महत्याको प्रयास समेत गर्न सक्ने खतरा भएपछि क्वालालामपुरस्थित नेपाली राजदूतावासले ती नेपाली युवाहरुलाई स्वदेश फिर्ता पठाएको हो।


उनीहरुलाई निशुल्क एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश पठाइएको क्वालालामपुरस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई असार २८ गते मेलाका घरफिर्ती केन्द्रमा राजदूतावासका अधिकारीहरुले भेटेका थिए । दूतावासले जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ ‘अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने सबैलाई सुचित गरिन्छ ।’साभार अन्नपूर्ण पोस्ट



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger