कसैले जडिया पोइ परेकको, पोइ नराम्रो परेको, सासुले दिएको पिडा एक अर्कालाई दोष आरोप लगायतका विषयमा गीतहरु बनाइरहेको अवस्थामा गायक पुर्ण परियारले यसपालिको तिजमा सन्देशमुलक गीत बजारमा ल्याएका छन । अरु भन्दा मेरो श्रीमान नै राम्रो र अरु केटी भन्दा मेरी श्रीमती राम्रो भन्ने खालका शब्दहरु गीतमा समावेश गरिएका छन ।
गायक पुर्णपरियार भन्छन श्रीमान श्रीमतीको पवित्र नातालाई विभिन्न टिकाटिप्पणी गरेर तीजका गीतमा गाइएको र त्यसले समाजमा नराम्रो सन्देश दिइरहेको अवस्थामा सन्देशमुलक गीत ल्याउने प्रयास गरेको छु । उनी भन्छन मैले यो गीत धुर्मुस सुन्तलीलाई हेरेर बनाएको हो । जसले श्रीमान श्रीमती मिलेर त्यत्रो महान काम गरेका छन । श्रीमान श्रीमती मिलेर काम गर्दा केहीको कमी नहुने सन्देश यो गीतले दिन खोजेको छ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै एक महिना बाँकी रहदा तीजका गीतहरु आउन थालिसकेका छन । महिलाहरुको पर्व भएपनि पछिल्लो समयमा महिलालाई भन्दा पुरुषलाई तीजले छोएको देखिन्छ । पहिले पहिले एकादुइ तीजका गीतहरु सुन्न पाइने भएपनि हिजो आज तीजका गीत गाउन सबैको प्रतिस्पर्धा भइरहेको छ । संगीत क्षेत्रमा लाग्ने देखि संगीतप्रति आस्था राख्ने सबैले तिजका गीतहरु गाउन थालेका छन । अधिकांश तीजका गीतहरुमा चेलीको बेदनाका शब्दहरु समेटिएका हुन्छन ।

Post a Comment