उनले निर्माता रावलले सुटिङ सेटमा आफुलाई जिस्काउनेदेखि आफ्नो गर्लफ्रेन्ड बन्न दबाब दिनेसम्म गरेको आरोप लगाएकी छन् । ‘निर्माता रावलको गलत ब्यवहारका कारण म सुटिङ छोड्न तयार थिए’ उनले भनिन्– ‘निर्माताले मेरो गर्ल फ्रेन्ड बने एयर होस्टेजसम्म बनाई दिन्छु भने ।’यता, चलचित्रका निर्माता सुनिल रावलले भने स्यारोनको आरोप गलत भएको दाबी गरे । आरोपको खण्डन गर्दै रावलले स्यारोनले किन आफुलाई यस्तो आरोप लगाएको बुझ्न नसकेको बताए । ‘चलचित्र ‘सायद २’ हिट हुन्छ, आफु चर्चामा आउँछु भने सोच स्यारोनको थियो’ निर्माता रावलले भने, ‘ब्यवसायले सो चर्चा दिलाउन नसकेपछि उनले चर्चाको लागि यी आरोप लगाएकी हुन् ।’ ‘मैले उनीप्रति गलत नियत गरेको भए चलचित्र प्रदर्शन अगाडि यी कुरा ल्याउन सक्थिन्’ निर्माता रावलले थपे ‘यसले पनि उनको नियत प्रष्ट हुन्छ ।’ निर्माता सुनिलले केही अगाडि आफ्नो चलचित्र नचल्नुको कारण नयाँ कलाकारलाई दोस दिएका थिए । उनले सोही क्रममा अब नयाँ कलाकार लिएर चलचित्र नबनाउने समेत घोषण गरे ।

‘आफूले नयाँ कलाकार नलिने घोषणा गरेको केही समय पछि आफ्ना बारेमा नायिकाले यस्ता कुरा ल्याउनु उनको गलत नियत प्रष्ट देखिन्छ’ सुनिल थपे । सुनिलले केही मिडियाले आफ्नो भर्सन नराखी एकतर्फी समाचार बनाएर आफुलाई बदनाम गर्न खोजेको सिमेत आरोप लगाए । सुनिलले अहिले सम्म चार चलचित्र निर्माण गरिसकेका छन् । ती चलचित्र मार्फत कयौ कलाकार डेब्यु गरेका छन् । ‘आफ्नो गलत नियत भए यस अगाडिका कलाकारले पनि आरोप लगाउथे होला’ सुनिलले तर्क गरे । ‘केही मिडियाले एकतर्फी समाचार बनाएर आफुलाई बदनाम गर्ने काम गरेका छन्’ निर्माता रावलले भने ‘ति समाचारको प्रमाण सहित कानुनी उपचारमा लाग्छु ।’चलचित्र ‘सायद २’ गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । यस चलचित्रमार्फत श्यारोनले अभिनयमा डेब्यू गरेकी हुन् ।



Post a Comment