नाम नखुलाइएका २२ वर्षीय युवकलाई एचडी भनेर चिनिने ‘हिर्स्प्रङ्ग डिजिज’ नामक जन्मजात रोग लागेको थियो । जसका कारण उनको पेटभित्रको मांशपेशीमा नशाको कमी हुँदा दिसा पास हुन पाउँदैनथ्यो । यसो हुँदा ती युवकको पेट सानै उमेरदेखि फुल्न थालेको थियो ।
दिसालाई जर्बजस्ती पास गराउनका लागि उनले ल्याक्सेटिभ र कब्जियतका औषधीमा भर पर्नुपर्दथ्यो ।
पूर्वी चीनको साङ्घाइमा अवस्थित टेन्थ पिपल्स हस्पिटलका डाक्टर यिन लु र उनको समूहले ती युवकलाई भेट्दा उनको पेटको आकार देखेर तर्सिएको बताए । उनले भने, ‘उनको पेट जतिबेला पनि फुट्न सक्थ्यो जस्तो भान हुन्थ्यो ।’
उनको पेटमा महिनौंदेखि जमिरहेको दिसाले गर्दा उनको पेट निकै ठूलो भएको परिक्षण पछि थाहा भयो ।
उनको ३० इन्च लामो र १३ किलोको आन्द्रालाई तीन घण्टा लामो शल्यक्रियामार्फत निकालिएको छ ।
बिरामीको अवस्था स्थिर रहेको र उनी पूर्ण रुपमा स्वस्थ हुने अनुमान गरिएको छ ।
Post a Comment