Latest Updates :

केकीले रामकृष्ण ढकाल लाई बिबाहको प्रस्ताब राखेपछि

SHARE THIS POST :
नायिका केकी अधिकारी र गायक रामकृष्ण ढकालले पहिलो पटक ‘पहाडको छुकछुके रेल’ बोलको गीतको म्यूजिक भिडियोमा एकसाथ काम गरेका थिए । यसपछि, यी दुइले ‘आँखा जुधाइ’ बोलको गीतको भिडियोमा एकसाथ काम गरे ।

भिडियोमा एकसाथ काम गरेका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै आफ्नो चाहना र रोजाइका कुरा खोले ।

केकीले रामकृष्ण ढकाल धेरै यूवतीको ‘क्रस’ भएको बताइन् । उनले, आफ्नो पनि ढकालसँग ‘क्रस’ भएको बताइन् । उनै, केकीले रामकृष्णलाई ‘ओराली लागेको हरिणको चाल बनाउन मन छैन मलाइ’ भन्दै ‘मलाई प्रेम गर्नुहुन्छ’ भनेर प्रेम प्रस्ताव राखिन् ।

रामकृष्णले पनि ‘नजिक आउनुमा माया लाउनुमा’ बोलको गीत गाएर केकीको प्रेम प्रस्ताव स्विकार गरे । रामकृष्णले केकीको एउटा मात्र चलचित्र हेरेका रहेछन्, ‘स्वर’ । रामकृष्णले केकीको अनुहारको हाउभाउ निकै मनपर्ने पनि सुनाए ।

तपाइलाई कस्तो खालको सुझाव दिएको मनपर्दैन भन्ने प्रश्नमा केकीले भनिन्-‘मलाई फेसबुकमा स्टाटस लेखेपछि यो किन लेखेकी, त्यो हटाउ’ भन्ने मान्छे मननपर्ने बताइन् । यस्तै, रामकृष्णले पनि, एउटा गीत गाउँदा अर्को र अर्को गीत गाउँदा अर्को गाएको भए हुने भनेर सुझाव दिने मान्छे मन नपरेको सुनाए ।

रामकृष्ण केकीलाई श्रीमति वा प्रेमिका के बनाउन चाहन्छन् होला, यसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हुर्नुपर्नेछ ।



रामकृष्ण र केकीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger