Latest Updates :

चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण, विकासले अब फड्को मार्ने छ(भिडियो सहित)

SHARE THIS POST :
विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ ।

जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आउने छ ।

सिंचाइ मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाका लागि उक्त मेसिन तयार गर्न ६ महिनाअघि चीनको क्युबेक ओभरसिजलाई जिम्मा दिएको थियो ।

डेढ अर्ब रुपैंयाको लागत (नेपालमा ल्याई पुर्याउँदा) मा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनामा सफल भए उक्त उपकरण प्रयोग गरेर नेपालमा विकासको क्रान्ती सिर्जना हुने विकासविदहरुले अपेक्षा गरेको छ | आजको नागरिक दैनिकमा खबर छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger