Latest Updates :

अलमोडा रानाले हामीलाई अन्धकारमा राखे,यस प्रति खेद प्रकट गर्दै अन्याय भएकोमा हामी दुखि छौ : दिपकराज गिरी

SHARE THIS POST :
‘छक्का पञ्जा २’को गीतलाई लिएर पछी समय चोरीको आरोप लागेको छ | पहिलो गासमै ढुङ्गा भन्दै विभिन्न समाचारहरु आइरहेका छन् | उक्त विषयलाई लिएर दिपकराज गिरीले मुख खोलेका छन् | ‘छक्का पञ्जा २’ मा समावेश नाइलनको सारी…मा बोलको गीतका वास्तविक कम्पोजरलाई अलमोडा राना उप्रेतीले अन्धकारमा राखेको निर्माता दीपकराज गिरीले जानकारी दिएका छन् ।

दीपकराजले ‘नाइलन को सारी ..जिउ नै भारी…’ भन्दै यो गीत चोरीको नभई यसका वास्तविक सर्जकलाई गायक अलमोडाले आफ्नो सामु नल्याएको तथ्य स्वीकार गरेका छन् । ‘नाइलन को सारी …जिउ नै भारी…रेकर्ड ब्रेकिंग भ्यूज पछि ‘चोरीको गीत’ भन्ने लेखिएको पनि केही मिडियामा देखें । गीत चाहिँ चोरीको नभई यसको वास्तविक सर्जकलाई गायक अलमोडाले मेरोसामु नल्याएको तथ्य थाहा भयो । मैले जब थाहा पाएँ तुरून्त यो गीतको वास्तविक कम्पोजरको नाम क्रेडिट टाइटलमा राख्न लगाएँ, हामीलाई पनि अँध्यारोमा राखिएको थाहा भयो,’ दीपकराजले आइतबार फेसबुकमा लेखेका छन् ।

दीपकराजले आजसम्म वास्तविक सर्जकमाथि अपमान हुन दिएको छैनौं र दिँदैनौ पनि भन्दै यो गीत र यसका वास्तविक सर्जकलाई अँध्यारोमा राख्ने काम गर्नेप्रति खेद प्रकट गर्दै अन्याय भएकोमा दुःखी भएको उल्लेख गरेका छन् ।

गीत रिलिज भएको दिन गीतको कम्पोजरमा प्रिन्स र अलमोडा राना उप्रेतीको क्रेडिट दिइएको थियो । तर, पछि अर्कैको कम्पोजर रहेको थाहा भएपछि चलचित्र निर्माण टिमले अलमोडाको नाम हटाएर प्रिन्स र कान्छा मगर नेपालीको नाम राखेको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger