एउटा तथ्यांकले त अझै के देखाएको छ भने करिब ९९ प्रतिशत अमेरिकी नागरिकले जीवन एकपटक भए पनि बलात्कारको दुस्प्रयास गर्ने गर्दछन् । अमेरिकामा बलात्कृत हुनेमा महिला मात्र छैनन् । करिब ९ प्रतिशत पुरुषहरु समेत बलात्कृत हुने गरेको अर्को तथ्यले जोकोहीलाई एकपटक जिब्रो टोक्न बाध्य पार्दछ । हालै गरिएको महिला हिंसा र विभेदबारेको राष्ट्रिय सर्वेक्षणका अनुसार ६ महिलामध्ये एक र ३३ पुरुष मध्ये एक जनाले आफ्नो जीवनमा एकपटक भए पनि बलात्कारको शिकार हुन परेको अथवा त्यस्तो दुस्प्रयासको सामना गर्नुपरेको उल्लेख छ ।
कलेजमा अध्ययनरत एक तिहाइ विद्यार्थीहरुले आफूहरु १४ वर्ष लागेदेखि यौनजन्य शोषण सहन बाध्य भएको बताएका थिए । तर यति धेरै बलात्कारका घट्नाहरु भए पनि जम्मा १६ प्रतिशत घट्नाका बारे मात्र प्रहरीमा उजुरी पर्ने गरेको छ । बाँकी घट्नाहरु गुपचुप रुपमै मिलाउँने वा सहेर बस्ने गरेको पनि सर्वेक्षणमा उल्लेख छ । अर्को कुरा अमेरिकामा जति पनि बलात्कार हुने गरेका छन् ती सबै घरभित्र मात्र भएका छन् । अर्थात घरबाहिर बलात्कार भएको घट्ना अमेरिकामा निकै नगण्य संख्यामा छन् ।
यस्तै दक्षिण अफ्रिका अमेरिका पछि संसारमा सबैभन्दा बढी महिलामाथि बलात्कार हुने दोस्रो मुलुक हो । सन् २०१२ मा दक्षिण अफ्रिकामा ६५ हजार वटा बलात्कारजन्य अपराध भएको थियो ।
अचम्मको कुरा बेलायत,क्यानडा,स्वेडेन जस्ता सम्पन्न र विश्वका शक्तिशाली देशहरुसमेत सबैभन्दा धेरै बलात्कारी बस्ने विश्व दश देशहरुमा पर्दछन् । दक्षिण एसियाका भारत र श्रीलंका पनि धेरै बलात्कारजन्य अपराध हुने दश मुलुकमा पर्छन् । त्यसमा भारत चौथौ नम्बरमा छ भने श्रीलंका नवौं मुलुकमा पर्दछ ।
Post a Comment