यस्तै बेलायतबाट संचालित एउटा शोमा करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि आफ्ना लागि घरकी मुर्गी दाल बराबर भएको बिनोदले बताएका छन् । साथै दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने उनले बताएका छन् ।
विनोदले विगत सम्झंदै करिश्मासंग विवाह पनि उनकै करकापले गर्दा वाध्यतामा परिवारको अनुमति बिना गर्नुपरेको खुलासा गरेका छन् । एक अर्का बीचको आरोप प्रत्यारोपबाट अनुमान गर्न सकिन्छ कि यी दुईबीचको सम्बन्ध धेरै वर्ष देखि चिसिएको छ ।
Post a Comment