अमेरिकाको लोवामा एक जोडीको घरमा छोरीले जन्म लिएपछि उनीहरुको खुसीको सिमा रहेन । तर, भर्खरै मात्र आफ्नो छोरीलाई जन्म दिएकी निकोलले सपनामा पनि सोचकी थिइनन् होला कि उनले आफ्नो बच्चालाई यस्तो कारणले गुमाउनु पर्नेछ । जुलाई १ का दिन जन्म लिएकी निकोलस र शेनकी छोरीको नाम उनीहरुले मारियाना राखे । मारियानाको आगमनले उनीहरु ज्यादै खुसी थिए र त्यसैैले तुरुन्तै बिहे गर्ने निर्णय लिए । अस्पतालबाट डिस्चार्ज भएको ६ दिनपछि नै उनीहरुले विवाहका लागि तयारी गर्न सुरु गरेका थिए ।
यसपछि उनीहरुको घरमा मानिसहरुको भिडभाड सुरु भयो । दुवैले विवाह गरे । छोरी मारियानाले घरमा आउने सबै पाहुनाहरुको ध्यान केन्द्रित गराइन् । सबैजना हर्षित भइरहेको त्यस्तो माहोलमा अचानक अन्धकार छायो । उनीहरुको विवाह सकिएको दुई घन्टा नपुग्दै मारियानाको अवस्था राम्रो देखिएन । मारियानाले बिस्तारै हलचल गर्न छाडिन् र केही खाइनन् पनि । यो देखेर आत्तिएका बाबुआमाले तुरुन्तै उनलाई अस्पताल लगे । तर, चिकित्सकहरुको कुरा सुनेर भने दुवै अश्चर्यमा परे ।
चिकित्सकका अनुसार मारियाना मेन्जाइटिस एचएसभी वान नामक इन्फेक्सनको शिकार भएकी रहिछन् । चिकित्सकले यसको कारण बताउदै भने कि कसैले उनलाई चुम्बन गर्दा यो इन्फेक्सन भएको हो । यो सुनेर उनीहरु दुवै चकित भए । घरमा थुप्रै पाहुनाहरु आएकाले सबैले मारियानालाई चुम्बन नगर्ने कोही थिएन ।
त्यसपछि मारियानाको हालत झनझन् बिग्रँदै गयो । उनलाई श्वास लिन निकै गाह्रो भइरहेको थियो । इन्फेक्सनका कारण उनको शरिरभित्र रगत थामिन छाड्यो र आखिरमा उनको किड्नी, लिभर हुँदै दिमागले काम गर्न छाड्यो । जम्मा १८ दिनकी मारियानालाई चिकित्सकले मृत घोषित गरिदिए । यस दुखद् घटनाले मारियानाको आमाबाबुलाई स्तब्ध बनायो । सानो लापरवाहीका कारण आफ्नी १८ महिने छोरी गुमाउनु परेपछि उनीहरु अहिले पछुताइरहेका छन् ।
Post a Comment