आदिकालमा सेतो दूबी (लिउकोडर्मा भिटिलिगो)लाई फूल, चरक वा पाण्डुरोग भनिन्थ्यो । मनुस्मृति, कुरान तथा बाइबलजस्ता धर्मग्रन्थमा समेत यो रोगलाई अभिशापका रुपमा लिइएको छ । यो मानिसमा मात्र नभई जनावरमा पनि पाइन्छ । विश्वको जनसंख्याको १ देखि ३ प्रतिशतमा सेतो दूबीको समस्या भएको तथ्यांक छ । अमेरिका तथा युरोपमा भनदा एशिया तथा अफ्रिकामा दूबीसँग सम्बन्धित सामाजिक तथा मानसिक समस्या बढी पाइन्छ । यसो हुनुमा छालाको रगंमा भर पर्दछ । सेतो या गोरो छालामा सेतो दाग त्यति देखिदैँन, तर कालो वा खैरो छालामा सेतो दाग बढी देखिन्छ ।
दूबी सरूवा रोग हो र यो एक किसिमको कुष्ठरोग भएको ठानिन्छ । मनुस्मृतिजस्तो धार्मिक ग्रन्थमा पनि सेतो दूबीलाई स्वेत कुष्ठरोग भनी लेखिएको छ । त्यस्तै, दूबीको उपचार सम्भव छैन भन्ने सोचाई पनि रहेको पाइन्छ । किटाणुले हुने रोगमध्ये छाती तथा पिठ्यूँमा हूने हल्का सेतो चक्कालाई दाद दूबी भनिन्छ । यो सरूवा रोग हो । हेर्दा दाद दुबी र सेतो दूबी उस्तै–उस्तै देखिन्छन् । तर, दुवै रोग फरक हुन् ।-स्वास्थ्य खबर बाट
Post a Comment