श्रीमती फरार भएपछि सञ्जनले प्रहरीमा उजुरी दिएका छन । व्युटिपार्लर जान्छु भनी निस्किएकी श्रीमती बेलुका अबेर सम्म घर नआएपछि सञ्जनले पैसा राखेको दराज हेर्दा पैसा समेत गायव भएपछि उनी झल्यास्य भएका थिए । संगै बस्दै आएका श्रीमानलाई छक्याउदै सोनिया फरार भएकी हुन ।
बेलाबेलामा अनिल नाम गरेको केटाले सोनियालाई फोन गर्ने गरेको कल रेकर्ड समेत फेला पार्ने गरेको उनले बताए ।
सञ्जन र सोनियाका दुइ सन्तान छन । ९ बर्षिय एक छोरी र ६ बर्षिय एक छोरोलाई छोडेर सोनिया फरार भएकी छन ।
उनी व्युटिपार्लर जान्छु भनी सञ्जनलाई झुट बोली घरबाट फरार भएदेखि सम्पर्कमा आएकी छैनन् ।
उनले सोनियालाई कहि कतै देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा यस सम्पर्क नम्बरमा सम्पर्क गरिदिन हुन आग्रह गरेका छन । सम्पर्क नम्बर ९८६६८४९०५९ रहेको छ ।

Post a Comment