Latest Updates :

UAE र कतारमा गर्मी बढ्यो, जोखिमबाट बच्न अपनाउनुहोस् यी उपाय

SHARE THIS POST :
काठमाडौं, जेठ २० – कतारमा गर्मी बढेको छ । मे देखि अक्टुवर महिनासम्म बढि गर्मी हुन्छ । गर्मीका कारण स्वास्थ्यसम्बन्धि विभिन्न समस्या देखिन सक्छन् । गर्मीबाट बच्न यी उपाय अपनाउन आवश्यक हुन्छ । हलुका र खुकुलो लुगा लगाउनुहोस् र सकेसम्म हल्का रङको लुगा लगाउनुहोस् । दिउँसोको समयमा काम गर्दा टोप तथा घाममा लगाउने चश्मा लगाउनुहोस् । साथै तपाईंको घांटिको पछाडिको भाग गर्दनलाई छोप्नुहोस् ।सिधा घाम पर्नवाट आफ्नो छालालाई जोगाउनुहोस् । प्यास लागुन्जेल नपर्खनुहोस् अलि अलि गरेर पानी पिइरहनुहोस् । सकेसम्म सितल र छाया भएको ठाँउमा समय बिताउने र आफूलाई समय मिलेको बेलामा आराम गर्नुहोस् ।यदि तपांइलाई सामान्य रुपमाभन्दा कम पिसाव लागेमा र पिसावको रङ धमिलो देखिएमा तपाईंले पर्याप्त पानी तथा झोल पदार्थ पिउनु भएको छैन भन्ने थाहा हुन्छ । गर्मीका कारण हुने रोगका लक्षणहरु : प्यास लाग्नु थकान हुनु गाढा रङको अथवा धमिलो पिसाव हुनु शरीरमा एलर्जी (राता थोपाहरु) देखा पर्ने टाउको दुख्नु कमजोर महसुस हुनु आलस्य हुनुबेहोस हुनुमांसपेसी बाउडिनु, खुम्चिनु वा दुख्नुज्वरो आउनु,शरीर बढी तातो हुनु वा भएको महशुस हुनु,मुटुको धड्कन (ढुकढुकी) बढ्नुभ्रम हुनु र अन्यौल हुनुचेत हराउनु र कोमामा जानु, गर्मीको कारण समस्या देखिएमा अपनाउनुपर्ने सावधानी तपाईंले गर्दै गरेको काम तत्काल् बन्द गर्नुहोस् ।शितलमा वा छायाँ भएको ठाउँमा जानुहोस् ।आराम गर्नुहोस् ।पानी पिउनुहोस् ।सहयोगकोलागी कसैलाई बोलाउनुहोस् । यसरी गर्नुहोस् प्राथमिक उपचार बिरामीलाई शितल वा छहारी भएको ठण्डा ठाउँमा लैजाने, भूँईमा सुताउने र गोडालाई केही माथि उठाउने ।बिरामीलाई तत्काल उपलब्ध उपायहरु जस्तैः पानी छम्किएर वा पंखा र कपडा हम्किएर, शितल बनाई राख्ने ।बिरामी होसमा छ भने हरेक १५ मिनेटमा उसलाई पानी अथवा जुस जस्ता तरल पदार्थ ख्वाउने ।मांशपेसी बाउँडिएको अवस्थामा पानी पिउन प्रोत्साहन गर्ने र विरामीलाई आराम हुन्जेल मांशपेशीलाई हल्का मसाज गर्ने ।बिरामीले कुनै प्रतिक्रिया नदिएको वा अचेत भएको अवस्थामा ९९९ मा फोन गर्ने र एम्बुलेन्स नआउन्जेल आवश्यकता अनुसार प्राथमिक उपचार जारी राख्ने ।शारीरिक तन्दुरुस्ती कमजोर भएका, पोषणयुक्त खाना नखाने, मधुमेह तथा ब्लडप्रेसर भएका र ह्दयघात, मुटु सम्बन्धी औषधि लिने व्यक्तिहरुमा गर्मीको जोखिम बढी भएकोले थप सावधानी अपनाउनु जरुरी हुन्छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger