कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ। प्रहरीले अहिले शव बोरामा हालेर दाङ ल्याउँदै छ। ब्यापारी श्रेष्ठ गत जेठ २६ गते साँझ अपहरणमा परेका थिए।
अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो। टोलीले अपरहणमा सम्लग्न केहीलाइ पक्राउ गरेपछि उनीहरुकाे अाधारमा शव पत्ता लागेको हाे। श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर प्रयोग भएको प्रहरीको निष्कर्ष छ। सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ।
श्रेष्ठको शव भेटेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ।
Post a Comment