Latest Updates :

अमेरिकी पुर्व रास्ट्रपति ओबामाको अचम्मका गोप्य कुराको खुलासा ! मिशेल ओबामा भन्दा पहिले बराक ओबामाको थुप्रैसँग थियो प्रेम, पुरुषसँग पनि राख्थे यौनसम्बन्ध

SHARE THIS POST :
अमेरिकाका पूर्व र सर्वाधिक लोकप्रिय राष्ट्रपति बराक ओबामा र उनकी श्रीमती मिशेल ओबामा थुप्रै प्रेमीका प्रेरणा हुनसक्लान् । तपाईंले आफ्ना प्रेमी वा प्रेमिकालाई उनीहरुका विभिन्न उदाहरण पनि दिनुहुन्छ होला । तर, तपाईंलाई अचम्म लाग्ला कि मिशेल बराक ओबामाकी पहिलो प्रेमिका भने होइनन् ।

डेलिमेलमा प्रकाशित एक रिपोर्ट अनुसार मिशेलपूर्व बराक ओबामाका थुप्रै महिलासँग सम्बन्ध रहिसकेको छ । यति मात्र होइन, उक्त रिपोर्टले कलेजको दिनमा उनको पुरुषसँग समेत सम्बन्ध रहेको खुलासा गरेको छ । बराक ओबामा बारे केही यस्ता अचम्मका गोप्य कुराको खुलासा उनको बायोग्राफी ‘ Rising Star: The Making of Barack Obama ’ मा गरिएको छ ।

पुलित्जर पुरस्कार बिजेता डेविड जे. गैरोद्वारा देखिएको यो बायोग्राफीमा केही यस्ता सनसनीपूर्ण खुलासा गरिएका छन् जसमाथि धेरैलाई विश्वास नलाग्ला । १ हजार ७८ पृष्ठ भएको उक्त बायोग्राफीलाई यहि मे महिनाको ९ तारिखमा सार्वजनिक गरिनेछ । बायोग्राफीमा बराक ओबामा जन्मदेखि विवाहभन्दा अघिसम्मको जानकारी दिइएको छ । विवाह पूर्व ओबामाको सम्बन्ध एक अष्ट्रेलियाली नागरिक जेनेविव कुुकसँग रहेको थियो जो ओबामाभन्दा तीन वर्ष जेठी थिइन् ।

बायोग्राफीमा जेनेविव कुकद्वारा दिइएको जानकारी अनुसार ओबामासँगको पहिलो भेटघाटमा नै उनीहरु बिच शारिरिक सम्बन्ध स्थापित भएको थियो । यो कुराको खुलासा जेनेविवले आफ्नो डायरीमा पनि गरेकी थिइन् । जेनेविकले २२÷२३ वर्षको उमेरमा ओबामाले कोकेनसमेत सेवन गर्ने गरेको उनले खुलासा गरिन् । यसैबिच ओबामाको शिला मियोशी नामकी एक अर्की महिलासँग सम्बन्ध रह्यो । ओबामाले उनलाई दुइपटक प्रस्ताव राखेको उनले बताइन् । शिला मियोशी अहिले ओहियोस्थित ओबरलीन कलेजकी प्राध्यापक हुन् ।

किताबले दाबी गरे अनुसार ओबामाले मिशेललाई विवाहपूर्व नै धोका दिइसकेका थिए । मिशेलसँग सम्बन्धमा रहेको एक वर्षसम्म ओबामा आफ्नी पूर्व प्रेमिका शीलालाई भेट्दथे । बायोग्राफीमा ओबामा समलिङ्गीसमेत भएको दाबी गरिएको छ । जानकारीका अनुसार कलेज पढ्ने बेला ओबामाले आफ्ना होमोसेक्सुअल प्रोफेसरसँग शारिरिक सम्बन्ध स्थापित गर्दथे जसले ओबामालाई ‘वन्डरफूल गाय’ भनेर बोलाउँथे ।एजेन्सी

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger