Latest Updates :

अपराह्न डुङ्गा दुर्घटनामा नौको मृत्यु, २८ बेपत्ता

SHARE THIS POST :
बोगोटा, १२ असार । उत्तरपश्चिम कोलोम्बियामा आइतबार अपराह्न १७० यात्रु बोकेको एक डुङ्गा दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएका छन् । कोलोम्बियाको उत्तरपश्चिम प्रान्त आनटिओक्युइमा रहेको एक पर्यटकीय सहर गुआटेपेमा सो दुर्घटना भएको थियो । सो दुर्घटनाको कारण हालसम्म प्रष्ट नभएको सरकारी अधिकारहरुले जानकारी दिएका छन् ।

आनटिओक्युइ क्षेत्रीय सरकारको प्रकोप नियन्त्रण विभागका प्रमुख मर्गारिता मोन्कादामाअनुसार यस दुर्घटनामा परी नौ व्यक्तिको मृत्यु हुनको साथै अन्य २८ जना बेपत्ता भएका थिए । मर्गारिताका अनुसार सो डुङ्गामा १७० व्यक्ति सवार रहेका र ती मध्ये कैयौँलाई उद्धार गरिएको तथा केही भने आफै त्यहाँबाट बाँचेर आउन सफल भएका थिए । यस घटनामा परी १५ व्यक्ति घाइते भएका सरकारद्धारा सञ्चालित समाचार समितिले जानकारी दिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger