Latest Updates :

कलंकीमा टिपरले पैदल यात्रु किचेर ज्यान लियो

SHARE THIS POST :

काठमाडौं। कलंकीमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–१४ कलंकीमा बा.४ ख ४९१५ नम्बरको टिपरले पैदलयात्रीलाई किचेर ज्यान लिएको हो।

मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ घर भई कलंकी डेरा गरी बस्ने ४३ वर्षीय विजय रिजाललाई ठक्कर दिंदा गम्भीर घाइते भएकाले उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रुको शरीर टिपरले किचेर क्षतबिक्षत अवस्थामा थियो। हिजो आइतबार घटना भएको हो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger